काठमाडौं, ११ मंसिर । छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा विवाद समाधान गर्नका लागि सरकारले गम्भीर कुटनीतिक पहल नगरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लगायतका विषयमा उठेको विवादलाई समाधान गर्न सरकारले भारतसँग गम्भीर कूटनीतिक पहल नगरेको आरोप कांग्रेसले दोहो¥याएको छ ।
नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको भन्दै सरकारले अविलम्ब पहल थाल्नुपर्ने माग गरेको छ ।
तपाईको प्रतिक्रिया