काठमाडौं, ४ असोज । सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् ।
टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे रहेका छन् । विपिनकुमार घिमिरे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव हुन् ।
घिमिरेले नै टोलीको नेतृत्व गरिरहेका छन् । सार्क सदस्य राष्ट्रमा प्रत्येक वर्ष हुने यो कार्यक्रम सार्क कल्चर सेन्टरले यो वर्ष माल्दिभ्स सरकारको सहयोगमा माल्दिभ्सको हुल्हुमाले सहरमा आयोजना गर्दैछ ।
आइतबारदेखि बिहीबारसम्म अर्थात् सेप्टेम्बर २२ देखि २६ सम्म सार्क आर्ट क्याम्प तथा प्रदर्शनी सञ्चालन हुने चित्रकार रञ्जु यादवले बताइन् ।
उक्त कार्यक्रममा रञ्जु यादवले मिथिला चित्र, सुन्दर सिंख्वालले पौभा चित्र, रिता मानन्धरले आधुनिक चित्र, टुकबहादुर थापा मगरले समसामयिक चित्र र विपिनकुमार घिमिरले अभिव्यक्तिवादी चित्र कोर्ने छन् ।
तपाईको प्रतिक्रिया