चन्दनकुमार यादव, सप्तरी, २९ भाद्र । राष्ट्रिय बाल दिवसको अवसरमा सुरूङगा नगरपालिकाले बाल भिते पत्रिका लेखन तथा वकतृत्व कला प्रतियोगिताको आयोजना गरिएको छ ।
सुरूङगा नगरपालिकाको आयोजनामा तथा सबल, सेभद चिल्ट्रेन को साझेदारीमा र जिल्ला बाल कल्याण समितिको संयोजनमा मसीलाल माबि मधुपटीमा यस क्षेत्रका बाल क्लबहरू बिच प्रतियोगिताको आयोजना गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि सुरूङा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले बालबालिकाको चौतर्फी विकासका लागि आफु पछाडी नहट्ने बताउँदै उनीहरूको भविष्यका लागि अभिभावकले नियमित विद्यालय पढाउनु पर्ने जोड दिएका छन् ।
कुनै पनि बालवालिका शिक्षावाट बंचित नहोस सरकारको नीति भएपनि हामी अभिभावकले छोराछोरीलाई बिधालयमा भर्ना गराउछौ, तर नियमित स्कुल पठाउदैनौ उनले भने ।
उनले भने केही बालवालीकाहरू अझ पनि शिक्षाको उज्यालो घामवाट बंचित भएको छ, बिधालय भर्ना हुन्छ, तर परिक्षामा मात्र सहभागी हुन्छ, रिजल्ट राम्रो आउदैन ।
सो अवसरमा सबल नेपालका कार्यक्रम संयोजक शैलेन्द्र चौधरीले आमाबुवाको छोराछोरीका लागि नियमित बिधालय पठाउनुको साथै उनीहरूको आधारभुत आबश्यकता पूरा गर्नु अभिभावकको प्रथम कर्तवय हो, ।
सो अवसरमा सुरूङगा नपाका प्रमुख प्रशासिय अधिकृत राजकुमार दासले वालवालीका लागी प्रथम शिक्षा भनेको बिधालय शिक्षा महत्वपुर्ण शिक्षा भएकोले छुटेका तथा भर्ना भएका छोराछोरीले नियमित स्कुल पढाउनु प्रथम जिम्मेवारी रहेकोले यस तर्फ सबै ध्यान जानु जरूरी रहेको बताए ।
सो प्रतियोगिताको बाल भिते पत्रिका लेखन तर्फ हिमाल बाल कल्व संजालको बाल प्रतिभा पत्रिका प्रथम भएको छ भने, यसैगरी हिमाल वडा बाल क्लव संजालको हिमाल बाल पत्रिका दोस्रो र प्रगती बाल कल्व संजालको सबल बालभिते पत्रिका तेस्रो स्थान प्राप्त गरेको सबल का सुपरभाईजर खडगनारायण चौधरीले बताए ।
यसैगरी आजै सम्पन्न बकतृत्व कला प्रतियोगितामा मनोलिसा कार्का िप्रथम, सुरेश कुमार यादब दोस्रो र खुश्वु साह तेस्रो स्थान प्राप्त गरेकालाई नगर प्रमुख मुक्तीनाथ चौधरी,प्रशासकिय अधिकृत राजकुमार दास, सबल नेपालका नीर बहादुर आले लगायतले पुरस्कार बितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया