सर्लाही, १५ साउन । गोडैता नगरपालिका–११ माधवपुरबाट १७ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हरिवन नगरपालिका–६ बस्ने ३२ वर्षीय राम बहादुर जिम्बा र सिन्धुली मरिन गाउँपालिका–३ भलाई बस्ने २८ वर्षीय रुपेश मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब १७ केजी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले बा.९३ प ८६१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया