जनकपुरधाम, १५ कार्तिक । प्रदेश २ ले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ ।
शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।
छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने भन्दै प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।
शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ ।
तपाईको प्रतिक्रिया