सिरहा, १२ साउन । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका बाढी पीडितलाई शनिवार राहत वितरण गरेका छन् ।
प्रदेश सरकारको राहत राज्यमन्त्री मण्डलले इटारी प्रसाहीका ६ सय बाढी पीडितलाई बाँडेका हुन् । प्रति पीडि परिवारलाई २५ किलो चामल, २ किलो चना, १ लिटर तेल, ४ किलो दाल, चटाइ, झुल र लुगा धुने तथा नुहाउने सावुन १/१ थान सहितका राहत सामग्री बाँडिएका छन् ।
असारको अन्तिम साता कमला नदीमा आएको भिषण बाढी गाउँ पसेपछि यस क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । तर हालसम्म संघीय सरकारले राहत बाँडेका छैन ।
राज्यमन्त्री मण्डलले आफ्नो प्रयासमा प्रदेश सरकारको राहत बाँडेका छन् । अहिले पनि कैयौं बाढी पीडितहरु विद्यालयमा बसिरहेका छन् ।
घर नै भत्केपछि उनीहरु विद्यालयमा बस्न बाध्य भएका हुन् । पीडितहरुले घर बनाइदिन संघीय सरकारसँग माग गरेका छन् । राज्यमन्त्री मण्डलले घर निर्माणका लागि पहल जारी राखेको बताए ।
तपाईको प्रतिक्रिया