स्वतन्त्रता दिवसको अवसरमा दूतावासद्वारा सांगितीक कार्यक्रम आयोजना

समाचार

8/17/2019

काठमाडौं, ३२ साउन । भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौंस्थित भारतीय राजदूतावासले भद्रकाली स्थित सैनिक सभामण्डवमा विश्व विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रुपमा उपस्थित भई कार्यक्रमको शोभा बढाएका थिए ।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७०० भन्दा बढी व्यक्तिहरुको सो कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए ।

पण्डित हरिप्रसाद चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व हुन् र उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको थियो ।

उनले आफ्नो कुदरती आधुनिक तथा शास्त्रीय बाँसुरी बादनद्वारा समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समयसम्म सम्झी रहनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ