काठमाडौं, २२ असोज । स्वतन्त्र मधेश गठबन्धनका नेता चन्दन सिंहलाई पत्नीशोक परेको छ ।
नेता सिंहकी ४१ वर्षीया धर्मपत्नीको उपचारको क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सिंहकी पत्नी डिप्रेशनको शिकार थिइन् । उनी करिब चार/पाँच महिनादेखि डिप्रेशनबाट पीडित थिइन् ।
स्वतन्त्र मधेश गठबन्धनले सिंहकी पत्नीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ ।
तपाईको प्रतिक्रिया