सवारी दुर्घटनामा बाँकेमा मृत्यु

समाचार

3/4/2019

बाँके, १७ फागुन । बाँके राप्ती सोनारी गाउँपालिका-६ ढलैयास्थित सडकमा भे.१ त ४९८६ नम्बरको ट्रयाक्टरमा सवार सोही ठाउँस्थित गोरियानपुर बस्ने ३६ वर्षीय पुष्पलाल थारुको ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।

बिहीबार साँझ ट्रयाक्टरबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१२ स्थित पूर्वपश्चिम राजमार्गको रोहिणिखोला जंगलमा ना.६ ख ४१८४ नम्बरको ट्रक शुक्रबार बिहान सडकबाट करिब ३० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक दाङ देउखुरी बस्ने ४० वर्षीय प्रेम चौधरी ट्रकमा च्यापिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

ट्रकका सहचालक दाङ राप्ती गाउँपालिका-५ बस्ने १६ वर्षीय बबी चौधरी घाइते भएकाले उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ