कैलाली, १६ फागुन । लम्किचुहा नगरपालिका-१० स्थित सडकमा ना.४ ख २६६१ नम्बरको ट्रकले भे.२प ४५४२नम्बरको मोटरसाइकललाई बुधबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकबर्दगोरीया गाउँपालिका-४ बस्ने २५ बर्षीय समिर चौधरीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने २१ बर्षीय सुरेश डगौराको टिकापुर अस्पतालमा उपचार भइरहेको छ । दुवैसवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया