सवारी दुर्घटनामा मृत्यु

समाचार

1/7/2019

नबलपरासी(पश्चिम), २२ पुस । बर्दघाट नगरपालिका–४ स्थित महेन्द्र राजमार्गमा लु.२ ख १३६ नम्बरको बसले आइतबार दिउसो साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईकल चालक भारत घर भएका २५ वर्षीय झल्लार पाण्डेको चिसापानी अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका साइकलमा सवार सोही ठाउँ घर भएका १८ वर्षीय मिथुन पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ । बस सहित बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ