स्वस्थ जीवन बनाउन खेलकुद अति आवश्यक : सांसद यादव

समाचार

5/26/2019

वीरगंज, ११ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रदिप यादवले स्वस्थ्य जिवनका लागी खेलकुद अति आवश्यक रहेको बताएका छन् ।

वीरगंज महानगरपालीका वडा नम्बर २० हरपतगंज अपौनीमा जारी प्रथम गढीमाई गोल्डकप २०७६ को समापन कार्यक्रममा पहिलो तथा दोस्रो हुने खेलाडीहरुलाई शिल्ड एवम प्रमाण पत्र वितरण गर्दै सांसद यादवले जिवनलाई स्वस्थ्य बनाउन आफना केही समय खेलकुदमा पनि दिनु पर्नेमा जोड दिए ।

पर्सामा अहिले भइरहेको निरन्तर खेलकुदले खेलाडीहरुको मनोबल समेत बढाउन हौसला प्रदान गरेको बताए । विगतमा खेलकुद क्षेत्र सम्बन्धी गतीविधि पर्सामा शुन्य जस्तै थियो तर अहिले विभिन्न संघ संस्थाहरुको सक्रियतामा खेलकुदलाई निरन्तरता दिएपछि खेलकुद प्रति खेलाडीहरुको मनोबल बढेर गएको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ