सेवा निवृत कर्मचारीहरुले आफ्ना अनुभव बाँड्नुपर्ने : प्रदेश प्रमुख कायस्थ

समाचार

7/1/2019

जनकपुरधाम, १४ असार । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सेवा निवृत कर्मचारीहरुले सेवा अवधिमा प्राप्त आफ्ना अनुभव, सिप र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।

सेवा निवृत्त कर्मचारी परिषद जनकपुरको सोह्रौं साधारणसभा तथा रजत जयन्ती समारोहलाई उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सेवा निवृत कर्मचारीहरुलाई उनीहरुको सिप, ज्ञान र क्षमतालाई ज्ञापन पत्रका माध्ययमबाट सरकारलाई अघि बढ्न सल्लाह सुझाव दिनुपर्ने बताएका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख कायस्थले सेवा निवृत्त कर्मचारीहरुलाई अब फरक फरक विषयगत समिति बनाएर अगाडि बढ्न सुझाव समेत दिएका छन् ।

कायस्थले प्रदेश सरकार अहिले भूमि व्यवस्थापन, कृषि, शिक्षा र स्वास्थ्यमा नीति कार्यक्रममा बिभिन्न कार्यक्रम ल्याएको तर व्यवहारमा लागू गर्न सेवा निवृत्त कर्मचारीको सहयोग आवश्यक रहेको धारणा राखे ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साहले कानुनको अभावमा प्रदेशको विकास गर्न कठिनाई भईरहेको बताएका छन् ।

उनले नेपालको सँविधानमा अहिले पनि धेरै त्रुटि रहेको भन्दै मधेशवादी दलहरु सँशोधनका लागि दत्तचित भएर लागिपरेको जानकारी दिए ।

सेवा निवृत्त कर्मचारीको अनुभव र दक्षताबाट अहिलेका प्रदेश सरकार र स्थानिय सरकारले फाईदा लिन सके प्रदेश समृद्ध हुने उनले धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ