रौतहट, ३ मंसिर । जिल्लाको गौर भन्सारबाटै सेटिङमा भारतीय प्याज भित्रिन थालेको छ । गौरमा रहेका बिचौलिया र भन्सार कर्मचारीको मिलेमतोमा प्याज नेपाल भित्रिन थालेको हो ।
गौरमा भन्सार एजेण्टका रुपमा रहेका कौशल साहसहितको एक समूह पछिल्लो समय प्याजको कारोबारमा गरिरहेको समाचारस्रोतले बताएको छ ।
कर्मचारी र प्रहरीको मिलेमतोमा भन्सारबाटै सेटिङमा कपडाको कारोबारमा सक्रिय रहेको साह सहितको टोली पछिल्लो समय सेटिङमा भारतीय प्याज नेपाल भित्र्याउने काममा सक्रिय रहेको पाइन्छ ।
गौराबाट प्याज अबैध रुपमा नेपाल भित्राउँदा खर्च महंगो हुने भएका कारण प्याज माफियाले जिल्लाका अन्य नाकाबाट प्याज भित्र्याउन थालेका छन् ।
यसै क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय प्याजसहित एउटा नेपाली नम्बरको ट्रक बरामद गरेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर गौरका प्रमुख सशस्त्रका एसपी रबिनराज कर्णजितको निर्देशनमा सादा पोसाकमा गएको सशस्त्रको टोलीले प्याज सहितको ना २ ख ६३०४ नम्करको ट्रक बरामद गरेको हो ।
भारतीय बजार घोडाशहनबाट अबैधरुपमा भित्र्याई फतुआ बिजयपुर नगरपालिका ७ डुमरियाटोलस्थित ट्रकमा प्याज लोड गरिरहेको बरामद गरेको सशस्त्रका एसपी कर्णजितले जानकारी दिएका छन् ।
करीव ८५ क्युन्टल प्याजसहितको बरामद ट्रक आवश्यक कार्यवाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद प्याज र ट्रकको बजार भाउ मूल्य १५ लाख बढी हुने अनुमान गरिएको छ । प्याजसहीतको ट्रक नियन्त्रण लिनेक्रममा डुमरियामा सामान्य झडप भएको र ट्रक चालक र तस्कर भने फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । यता गौर स्थित भन्सार कार्यालयबाटै कर्मचारीको मिलेमतोमा प्याज बिना भन्सार नेपाल भित्रने गरेको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया