सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा स्वदेश फिर्ता

समाचार

6/19/2019

काठमाडौं, ३ असार । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा ईटलीको व्रिन्डीसीमा संचालित ‘युनाईटेड नेशन्स पुलिस ट्रेनिङ आर्किटेक्चर वर्कसप’मा सहभागी भई स्वदेश फर्केका छन् ।

सोही वर्कसपमा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई समेत स्वदेश फर्केका छन् । अतिरिक्त महानिरीक्षकद्वयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल लगायत बरिष्ठ अधिकृतहरुले स्वागत गरेका छन् ।

यही जेष्ठ २८ गतेदेखि ३१ गतेसम्म संचालित चार दिन अवधिको उक्त वर्कसपमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त वर्कसपमा सहभागि हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा जेष्ठ २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ