रौतहट, २५ असार । सहकारी संस्थाहरुको नेतृत्व तथा विकास सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम रौतहटको गौरमा सम्पन्न भएको छ ।
भूमि व्यवस्था, कृष तथा सहकारी मन्त्रालय जनकपुरधाम प्रदेश २ द्वारा आयोजित एक दिवसीय प्रशिक्षण कार्यक्रमको भूमि व्यवस्था, कृषी तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गरेका छन् ।
उदघाटनपछि सहभागीहरुलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले सहकारीको व्यवस्थापन साथै विकास हुनु पर्ने जोड़ दिएका छन् ।
राज्यमन्त्री यादवले सहकारीको विकासबाट राज्यको समृद्धि हुनेमा विश्वास व्यक्त गरे । राज्यमन्त्री यादवले सहकारी, कृषिको विकासको लागि प्रदेश सरकार प्रमुख प्राथमिकतामा राखेर लगानी गर्ने तयार रहेको जानकरी गराए ।
सहकारीको क्षेत्रमा कार्यरत रहेका संस्थाहरुलाई इमान्दारिता साथ कार्य गरेमा सार्थक हुने सुझाव समेत दिए ।
कार्यक्रममा पार्टीका पूर्व जिल्ला सचिव जयराम महतो, युवा नेता प्रकाश भाई मधेशिया लगायतले आफ्नो विचार राखेका थिए ।
सहभागीहरुलाई सहकारी संस्थाको व्यवस्थापन, लगानी, सहभागिता, आर्थिक पारदर्शिताको बारेमा प्रशिक्षण दिइएको थियो ।
तपाईको प्रतिक्रिया