महानगरपालिका र वल्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफाइ

समाचार

7/26/2019

विराटनगर, १० साउन । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरूमा औपचारिक रूपमा फ्रि वाईफाई सञ्चालन गरेको छ ।

निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको महानगरपाकिलकाले जनाएको छ ।

महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच कञ्चनवारी चोकमा रहेको वाइफाईको स्विच अन गरेर विधिवतरूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मेयर पराजुलीले सञ्चारको युगलाई अझ फराकिलो बनाउने उदेश्य अनुरूप वाइफाइ जडान गरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ