धनगढी, २६ कार्तिक । कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने भएको छ । सुदुरपश्चिममाञ्चल साहित्य समाजले आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव आयोजना गर्न लागेको छ ।
नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वभरि चिनाउने उद्देश्यले विश्व नेपाली साहित्य महोत्सव आयोजन गर्ने जमर्को गरेको समाजको अध्यक्ष रामलाल जोशीले बताए । यसले नेपाली भाषाको उद्मस्थलको रुपमा रहेको काली–कर्णाली क्षेत्रको गौरवगाथालाई अझैमाथि उकास्ने छ, उनले भने । यसका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।
महोत्सवमा नेपालका र अन्य विभिन्न देशबाट आमन्त्रित बढीमा पाँच सय जनाको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया