हजयात्रीलाई बिदाई

समाचार

7/19/2019

काठमाडौं, २ साउन । गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्कामदिनामा जाने हजयात्रीहरूलाई बिदाई गरेका छन् ।

गृहमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरूलाई बिदाई गरेका हुन् ।

पहिलो चरणमा जाने हजयात्रीहरूलाई गृहमन्त्री थापाले विदाई गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपिल गरे ।

हजयात्रीहरूलाई विदाई गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहितको उपस्थिति रहेको थियो । विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ ।

यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ । गत वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ