काठमाडौं, १५ भाद्र । साउदी अरबको मक्कामा हज गर्न पुगेका नेपाली मुसलमानहरू हजको सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल फर्किने क्रम सुरु भएको छ ।
आइतबार कपिलबस्तु, दाङ्ग, र धनुषाका हाजीसँगै नेपाल हज समितिका सदस्य मेराज अहमद हल्वाई र स्वास्थ्यकर्मी सीमा घर्तिमगर खान नेपाल फर्किन लागेको नेपाल हज समितिले जनाएको छ ।
हजका लागि साउदी गएका नेपाली हाजीहरुको उपचारका लागि ५ जना स्वास्थ्यकर्मीहरु नेपाल सरकारको तर्फबाट साउदी गएका थिए । नेपाल हज समितिका अनुसार आइतबार एयर अरबियाको बिमानबाट १५६ जना हाजीहरु संगै स्वास्थ्यकर्मी सीमा खान पनि साउदीबाट स्वदेश फर्किन लागेको बताइएको छ ।
सरकारी सेवामा प्रबेश गरेको १५ महिनामा नै नेपाल सरकारको सिफारीशमा हाजीहरुको उपचारका साथै हज गर्न साउदीको मक्कामदीना जाने अवसर पाएका थिए ।
१० वर्षीय जनयुद्धको द्धन्दबाट प्रभावित रहेकि स्वास्थ्यकर्मी सिमा खानलाई नेपाल हज समितिले हाजीहरुको स्वास्थ्य उपचार सगै हज गर्ने अवसर प्रदान गरेर ठूलो योगदान गरेको छ ।
स्वास्थ्य सेवामा प्रबेश गर्दाको समस्या निकै कठिन भए पनि हजका लागि साउदी जान पाउनु भाग्यको कुरा भएको मुस्लिम जानकारहरु बताउँछन् ।
नेपाल हज समिति समितिका सदस्य रहमतदिन मियाँ भन्नुहुन्छ,‘विगतका हज समितिले आफना निकटका स्वास्थ्यकर्मीहरुलाई लाग्ने गरे पनि बर्तमान हज समितिले सरकारी स्वास्थ्यकर्मी सिमासंगै अन्य ४ जना दक्ष स्वास्थ्यकर्मीहरुलाई हाजीहरुको उपचारका लागि पठाउदा निकै राम्रो भएको बताउनु भयो ।’
हाजीहरुको उपचारका लागि दैनिक क्यापम संचालन गर्दा हाजीहरुले आफनो समस्या स्वास्थ्यकर्मीहरु संग राख्न पाएको र सहज रुपमा उपचार गराउन पाएको हाजी उसमानले बताए ।
नेपाल हज समितिका अनुसार उच्च स्तरीय निर्णयबाट हाजीहरुको उपचारका लागि नेपाल सरकारको कर्मचारी साउदी जाने प्रथम महिला स्वास्थ्यकर्मी सिमा भएको जनाएको छ । यस भन्दा पहिला उपचारका लागि जाने गैरसरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु मात्र जान पाएका थिए ।
वर्तमान नेपाल हज समितिले साउदीमा हाजीहरुको सेवामा हज समितिका अध्यक्ष सगै सदस्यहरुको निकै सक्रियता रहेको थियो । हज समितिले गरेको सत्कारको हाजीहरुले प्रशसा व्यक्त गरेका छन् । विगतका हज समितिले गर्न नसकोको काम वर्तमान हज समितिले गरेर देखाएको छ ।
तपाईको प्रतिक्रिया