विरगञ्ज, ३ भाद्र । नगद र चाँदीसहित पक्राउ परेका ८ जनालाई हुण्डी कारोबारीविरुद्ध सवा अर्ब विगो दावी गर्दै अदालत पेश गरिएको छ ।
गत असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका—५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज—६ का राकेशकुमार सिंह, भारत मोतिहारीका सुनिल प्रसाद, विन्दवासिनीका सुजित कुमार, वीरगञ्ज— ६ गहवाका चन्दन र पसल सञ्चालक कन्हैया साह सोनारविरूद्ध मुद्धा दायर गरिएको हो । पसलका सञ्चालक कन्हैया भने अझै पनि फरार छन् ।
अनुसन्धानका क्रममा एक वर्षमा उक्त रकम बराबरको कारोवार गरेको पाइएपछि विगोसहित बैंक,वित्तीय संस्था तथा संगठित अपराध मुद्दामा अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया