हुण्डी कारोबारीविरुद्ध १ अर्ब २८ करोडको बिगो

समाचार

8/21/2019

वीरगन्ज, ३ भाद्र । हुण्डीको कारोवार गर्ने गरेको आरोपमा वीरगञ्जबाट पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले वैंक–वित्तिय संस्था तथा संगठित अपराध मुद्दा अन्तर्गत १ अर्ब २८ करोड ४३ लाख ३९ हजार ७ सय २३ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा पेश गरेको छ ।

हुण्डीको कारोवार गर्ने गरेको आरोपमा पर्सा प्रहरीको फरार सुचिमा रहेका वीरगन्ज माईस्थान स्थित कककेपी स्वर्ण कलाकेन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार २ महिना बितिसक्दा पनि प्रहरीले फेला पर्न सकेको छैन ।

यता असार १३ गते सुनचाँदी ब्यवसायी संघ प्रदेश नं.२ का अध्यक्ष शिवजी सोनार, सुनचाँदी ब्यवसायी संघ पर्साका उपाध्यक्ष भुलन सर्राफ, बच्चा सोनार, महा सचिव परवेज सर्राफ, कन्हैयाका सालो सन्दीप सर्राफ लगायत वीरगन्जका सुनचाँदी पसलका संचालकहरुले पत्रकार सम्मेलन गरि कन्हैया धार्मिक भ्रमणमा भारतमा गएका छन २ चार दिनमा कन्हैया वीरगन्ज आउने भनेका थिए तर पछि कन्हैया प्रसाद सोनार भगाउन सुनचाँदी व्यवसायी संघकै पदाधिकारीहरुको मुख्य भूमीका खेलेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ