विपन्न मुहसर समुदायको हितमा इटहरी उपमहानगर

समाचार

11/3/2019

इटहरी, १ कार्तिक । इटहरीमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन हुने भएको छ । तराई–मधेश सम्मृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगरले यस बर्ष ७७ लाख वजेटमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।

सो कार्यक्रम अन्र्तगत यो आर्थिक बर्ष १५ बढि घर निर्माण गरेर अतिविपन्न मुसहर समूदायलाई हस्तान्तरण गरिने उपप्रमुख लक्ष्मी गौतमले वताऐ । बर्षौ देखि वाटो छेउछाउ वसेका सुकुम्वासी मुसहर समूदायका ब्यक्तिहरुलाई घर निर्माण गर्नका लागि सार्वजनिक जग्गाको नीरिक्षण गरिएको छ ।

प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम वडाध्यक्षहरु भगवानलाल साहु, दिपनारायण चौधरी, वडासदस्य तेजनारायण चौधरीले प्राविधिक टोली सहित वडा नम्वर १६ को घोइङदा खोला छेउ र पोखरियामा रहेको सार्वजनिक जग्गा नीरिक्षण गरिएको हो । चालु आर्थिक बर्षमा नै मुसहर बस्ती विकास कार्यक्रम अन्र्तगत घर निर्माण गरिने वताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ