रौतहट, ८ कार्तिक । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर २ मर्यादपुरमा एउटा विवाहिता महिलाको हत्या भएको छ ।
हत्या गरेर ससुराली पक्षहरुले शव भारतमा लागिदै गर्दा हल्ला भएपछि वीरगंज स्थित नारायणी अस्पतालमा लगेर राखेकोमा पर्सा प्रहरीले मृतकका पतिलाई नियन्त्रणमा लिएको छ ।
घरायसी सामान्य विवाद तथा दाइजो बापत रकम नदिएको निहुँमा छोरी २५ वर्षीया पूजा कुमारी जायसवालको मंगलबार हत्या गरेको मृतकका पिता रूप नारायण चौधरीले आरोप लगाएका छन् ।
बिहीबार गौरमा पत्रकार सम्मलेन गरेर मृतकका माइती पक्षले हत्या गरेको आरोपितलाई प्रहरीले राजनीतिक आडमा संरक्षण गर्न लागेको समेत आरोप लगाएका हुन् ।
मंगलवार दिउँसो करीव ३ बजेको समयमा लोग्ने अनिल किशोर जायसवाल, ससुरा त्रिलोकी प्रसाद जायसवाल, सासु चमेलिया देवी, देवर श्याम किशोर जायसवाल र काका ससुरा लालबाबू प्रसाद जायसवालले योजना बनाएर छोरीको हत्या गरी प्रमाण नस्ट गर्ने उद्देश्यमा शव जलाउन भारततर्फ लगिदै गरेको बताएका छन् ।
तपाईको प्रतिक्रिया