हत्यारालाई कारवाहीको माग गर्दैै जलेश्वर बजार बन्द

समाचार

9/6/2019

महोत्तरी, २० भाद्र । हत्यारालाई कारवाहीको माग गर्दैै आज जलेश्वर बजार बन्दको आह्वान गरिएको छ ।

बजार बन्दले यहाँको जनजीवन प्रभावित भएको छ । पीडित परिवारको आग्रहमा ब्यापारीहरूले दोषी पहिचान गरि कारवाही गर्न एकदिने बन्द आह्वानलाई समर्थन गरेको विष्णु साहले बताए ।

जलेश्वर नगरपालिका ६ साहुजी टोलका युवक सरोज कुमार साहको शव रातो नदीमा भेटिएको महिना दिनभन्दा बढी हुँदा समेत प्रहरीले छानविन गरि दोषी पत्ता नलगाएको भनेर पीडित परिवार आक्रोसित भएको छ ।

प्रहरीले मृतक युवक साह काम गर्ने कपडा पसलबाट केही मानिसलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ