दाङ, १७ फागुन । गढवा गाउँपालिका-५ स्थित भवानी सामुदायिक वनबाट लोड गरेको भरुवा बन्दुक १ थान बिहीबार दिउसो प्रहरीले फेला पारी बरामद गरेको छ ।
उक्त बनका वन रक्षकले वनमा बन्दुक पड्किएको जस्तो आवाज आएको भनी ईलाका प्रहरी कार्यालय गढवामा जानकारी गराउँनासाथ खटिएको प्रहरीले खोजी गर्दा वनभित्र गोली लागेर मृत्यु भएको रतुवा (मृग) र उक्त भरुवा बन्दुक बेवारीसे अबस्थामा फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया