हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

समाचार

2/22/2019

मोरङ, १० फागुन । व्यक्तिको हत्या गरी फरार रहेका झापा अर्जुनधारा नगरपालिका–२ बस्ने ४३ वर्षीय शरण भट्टराईलाई झापाको काकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले झापा बिर्तामोड नगरपालिका–४ बस्ने २७ वर्षीय दिपक पाण्डेलाई मोरङ बेलवारी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको भाउन्ने चोक नजिक चौरमा २०६५ चैत ३१ गते दाउ प्रहारबाट हत्या गरी पाण्डेले चलाएको को.१ च ३८५० नम्बरको मारुती कार लुटेर पोखरा पुर्याएका थिए ।

उक्त कार पोखरास्थित हिरामोटरपार्टस एण्ड ग्यारेजका संचालक पोखरा बस्ने हिरा गिरीकोमा राखी ६५ हजार रुपैयाँ लिएर फरार भई भारतको दार्जलिङस्थित पानीट्याङकीमा बस्दै गरेको खुल्न आएको छ ।

भट्टराईलाई मोरङ जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ