काठमाडौं, ५ असोज । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष राजवंशी चौधरीको हृदयघातका कारण निधन भएको छ ।
शनिबार ललितपुरमा राजपा जिल्ला अधिवेशनमा रोष्टममा बोल्दै गर्दा चौधरीलाई हृयदघात भएको थियो ।
उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्याउँदा अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
राजपा ललितपुर जिल्ला अधिवेशन शनिबार ललितपुरको सिद्धार्थ कटेजमा चलिरहेको थियो । उनी रोष्टममा उभिएर सम्वोधन गरिरहँदा हृदयघात भएको थियो ।
राजपा केन्द्रीय उपाध्यक्षको निधन भएपछि राजपा ललितपुरको अधिवेशन स्थगित भएको महासचिव केशव झाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया