वीरगंज, २६ फागुन । हिन्दू परिषद् नेपालको पश्चिम तराई मधेशको पूर्ण रुपमा सफल भएको छ ।
परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा १० जिल्लामा संगठन विस्तार, राजनितिक दलका अगुवासँग भेटघाट, धार्मिक संगठनका अगुवाहरुसँग विचार विर्मश एवं शक्तिपीठहरुमा पुजा पाठ समेत गरिएको थियो ।
भ्रमणको क्रममा हिन्दू राष्ट्र बारे नेपाली जनतामा निकै उत्साह रहेको र नेपालीहरुको पहिचान मिटाउन विदेशी राष्ट्रको इशारामा राजनितिक दलका शीर्ष नेताहरुले नया नेपालको नाममा खेलेको भुमिकाप्रति नेपाली जनतामा निकै आक्रोश रहेको पटेलले बताए ।
नेपाली जनता हिन्दू राष्ट्रका लागि पूर्ण रुपमा संघर्षका लागि तयार रहेको र हाल वेट एण्ड वाचको स्थितिमा रहेको बताउदै देशको विभिन्न भागहरुमा राम्रो माहौल बन्दै गएको बताए ।
पटेलले पश्चिम तराई मधेसको मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, दांग, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतको जिल्लको प्रमुख शहरहरु एवं गाँउहरुमा हिन्दूवादी अगुवा एवं हिन्दू राष्ट्र चाहने नेपाली जनतासँग प्रत्यक्ष भेटघाट एवं विचार विर्मश पटेलसहितको टोलीले गरेको थियो ।
आ आफ्नो जिल्लामा सकृय सहभागिता देखाएका हिन्दू परिषद् नेपाल मकवानपुर जिल्ला अध्यक्ष राजाराम बर्मा, नवलपरासी जिल्लाका हिन्दूवादी अगुवा रुद्र प्रसाद तिवारी, रुपन्देही जिल्लाका अध्यक्ष नितेश मोहन चौधरी, बुटवल उपमहानगपालिकाका अध्यक्ष लेखनाथ भण्डारी, हिन्दूवादी अगुवा लोकनाथ पाण्डे, चितवन जिल्लामा युवा व्यवसायी पंकज गोयल, नारायणघाटका प्रमोद पटेल, सुर्खेत जिल्लाका अध्यक्ष रमेश पाण्डे, बाँके जिल्लाका अध्यक्ष ज्ञानीराम बर्मा, बर्दिया जिल्लाका अध्यक्ष विजय वर्मा, कैलाली जिल्लाका अध्यक्ष खगेन्द्र राज जोशी, कञ्चनपुर जिल्लाका अध्यक्ष भोजराज बोहरा, दांग जिल्लाका अध्यक्ष प्रकाश अधिकारी, हिन्दूवादी अगुवा प्रवीण झा लगायत दर्जनोले भ्रमणको दौरान प्रत्यक्ष रुपमा सहयोग, सहकार्य र समन्वय गरेको हिन्दू परिषद् नेपालका अध्यक्ष संतोष पटेलले बताए ।
हिन्दू परिषद् नेपाल शासन व्यवस्था जे होस, नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने मूल्य मान्यताको साथ कार्य गर्दै आएको स्वतन्त्र नेपालीहरुको संगठन हो ।
४० जिल्लामा आफ्नो शाखा एवं संगठन विस्तार गरि हजारौ नेपालीहरुलाई एकसुत्रमा बाँध्ने कार्य गरेको परिषद्ले चाँडै डोटी, डडेलधुरा, रुकुम, प्युठान, कालीकोट सहितको जिल्लामा संगठन विस्तार गर्ने भएको छ ।
भ्रमण टोलीमा परिषद्का अध्यक्ष पटेल सँगै हिन्दू विद्यार्थी परिषद्का केन्द्रिय अध्यक्ष राकेश चौधरी र हिन्दू उद्योग वाणिज्य परिषद्का केन्द्रिय महासचिव किरण अग्रवाल, युवा व्यवसायी एवं काठमाण्डौ निवासी विकास अग्रवालको समेत सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया