वीरगन्ज, २९ माघ । राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यका साथ नेपालमा पहिलो पटक गायत्री अश्वमेध महायज्ञ वीरगन्जमा हुने भएको छ ।
यही फाल्गुन १९ गते देखी २२ गतेसम्म हुने महायज्ञ भव्य, सभ्य एवं ऐतिहासिक बनाउन हिन्दु परिषद् नेपालको बिशेष बैठक वीरगन्जमा सम्पन भएको छ । लाखौं व्यक्तिहरुको सहभागीतामा हुने महायज्ञ सफल गर्न हिन्दू परिषद नेपालले आफ्ना सम्पूर्ण शक्तिहरु परिचालन गर्ने बैठकले निर्णय गरेको छ ।
हिन्दू युवा परिषद्का केन्द्रिय अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन बैठकमा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेल, उपाध्यक्ष विजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष अजिता देवी, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, संजय सरार्फ, श्रीराम उपाध्याय, चितरंजन श्रीवास्तव, सल्लहकारहरु बिनोद मित्तल, हीरा साह कानू, ओमप्रकाश गुप्ता, सचिवालय सदस्य भरत सरार्फ, हिन्दू युवा परिषद्का केन्द्रिय उपाध्यक्ष सुनील साह, महासचिव प्रमोद सिंह, सचिव धिरज गुप्ता, मुना सोनी, कोषाध्यक्ष संतोष सरार्फ, केन्द्रिय सदस्यहरु श्यामबाबू गुप्ता, गुड़ु सिंह, सरोज पटेल, जगदीश साह तुरहा, आनंद गुप्ता, सुरेश साह तेली, मनीष वर्णवाल, हिन्दु परिषद् नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष वीरेन्द्र गुप्ता, हिन्दू महिला परिषद् पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल, उपाध्यक्ष नीरा झा, हिन्दू बिद्यार्थी परिषद् पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू युवा परिषद् वीरगन्ज नगर अध्यक्ष रज्जित चौरसिया, वडा न.७ का अध्यक्ष बिशाल रायमाझी, १० का अध्यक्ष अरबिंद साह र ३२ का अध्यक्ष बिनोद झा सहभागी थिए ।
तपाईको प्रतिक्रिया