दाङ, १४ असोज । नारायणपुर क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका–१०, ११ र १२ का बासिन्दा आन्दोलित भएका हुन् ।
आफूहरुसँग सल्लाह नगरी विमानस्थल निर्माण गर्न लागिएको भन्दै स्थानीवासीले सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।
सङ्घर्ष समितिको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सङ्घर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्वमा रहेको करीब ५०० बढीको संस्थामा रहेका स्थानीयवासीले घोराहीमा नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
तपाईको प्रतिक्रिया