जनकपुरधाम, ३० बैशाख । बारा र पर्साको हावाहुरी पीडितका लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक हस्तान्तरण गरेको छ ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राइले सोमबार प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं. १ ले सानो सहयोग गरेर प्रदेश नं. २ को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।
कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री राउतले प्रदेश नं. १ को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश–प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए ।
बारा र पर्सामा चैत १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमाल क्षति भएको छ ।
तपाईको प्रतिक्रिया