वीरगञ्ज, १९ चैत । हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाका पीडितहरुलाई पप्पु कन्स्ट्रक्सन र समा कन्स्ट्रक्सनले राहत प्रदान गरेका छन् ।
ती निर्माण कम्पनीले प्रभावितलाई वितरण गर्नका लागि फेटा गाउँपालिकालाई रातह सामग्री हस्तान्तरण गरेका हुन् ।
पप्पुका प्रबन्ध निर्देशक सुमित रौनियार र समाका प्रबन्ध निर्देशक जहुर आलमले गाउँपालिकाका अध्यक्षलाई रातह सामग्री हस्तान्तरण गरेका हुन् ।
सोमबार साँझ फेटा गाउँपालिका कार्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरिएको हो ।
कम्पनीको सामाजिक उत्तरदात्विअन्तर्गत पीडितलाई राहतको व्यवस्था मिलाइएको रौनियारले बताए । १५० थान त्रिपाल र ४०० ओटा झुल प्रदान गरिएको हो ।
तपाईको प्रतिक्रिया