वीरगन्ज, १८ भाद्र । वीरगन्जमा एक बालकले आत्महत्या गरेका छन् । वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् ।
घरायसी विषयमा आमा–बुबाले गाली गरेपछि गोविन्दले बाँसको बलोमा पासो लगाएका थिए । पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका गोविन्दलाई उद्धार गरी उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया