मोरङ, ३ मंसिर । जिल्लाको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस लिँदालिँदै पक्राउ परेका छन् ।
मंगलबार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया