कृष्णनगर, १३ मंसिर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट भन्सार छलि गरि राखेको २४ बोरा प्याज बेवारिसे अवस्थामा बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको छ ।
पछिल्लो समयमा प्याजको मूल्य झनै बृद्धि भएकाले प्याज तस्कर सलबलाएको स्थानीय बताउँछन् ।
बरामद गरिएको प्याज आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।
भन्सार छलि गरिएको उक्त प्याज को अनुमानित मूल्य दुई लाख एक्सठ्ठी हजार रुपैयाँ पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया