कपिलवस्तु, ३० मंसिर । कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट २५ जना पैदलयात्री राजस्थानका लागि प्रस्थान गरेका छन् । यो यात्रा एक हजार एक सय किलोमीटर लामो रहेको छ ।
पैदलयात्रीहरु राजस्थान पुग्न ३१ दिन लाग्छ, जसमा २० पुरुष र ५ महिला यात्रामा शाहभागी छन् । यसको अगुवाई मनीष कुमार सिंगल र गोगुल गोयलले गरेका हुन् ।
उक्त यात्राको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले गोलघरमा पदयात्रीहरुलाई फूल माला लगाई सबै पदयात्रीहरुलाई शुभयात्राको कामना गरेका छन् ।
यस रैली यात्राको आयोजक श्री श्याम भकÞ्त मंडल बढनी कृष्णनगर नेपाल रहेको छ ।
तपाईको प्रतिक्रिया