काठमाडौं, ५ बैशाख । एउटै चित्रमा दक्षिण एसियाली नारीको अवस्थिति चित्रण गर्नुपर्दा कस्तो देखिन्छ होला ? भारतीय चित्रकार हेमन्त पाण्डेयले कोरेका चित्रले सिर्जनात्मक जवाफ दिन्छ ।
राजधानीको ठमेलस्थित मिथिला यें ग्यालरीमा ३२ भारतीय कलाकारसहित उनको चित्र पनि राखिएको छ । झन्डै पाँच दशकदेखि चित्रकारिता गर्दै आएका भारतीय कलाकार विपिन दावेले बुद्धको पोट्रेट राखेका छन । नेपाली कलाकार श्यामसुन्दर यादवको मिथिला चित्र देख्न सकिन्छ ।
भारतीय चित्रकार दावेले भने, ‘नेपाल बुद्धको देश हो, त्यसैले दुवै बुद्धको चित्र लिएर आएँ ।’ चार दशकदेखि चित्रकारिता गर्दै आएका अर्का भारतीय चित्रकार तरुण कोठारीको चाहिँ यो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।
प्रदर्शनीमा उनले आमा र सन्तानको प्रेम झल्काउने पोट्रेट र घोडाको चित्र राखेका छन । भारतीय कला संस्था ड्रिम आर्ट वर्ल्डले पाँचदिने प्रदर्शनी गरेको हो ।
तपाईको प्रतिक्रिया