जनकपुरधाम, १ असार । प्रदेश २ को सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्बको बजेट ल्याउन लागेको हो ।
प्रदेश सरकारले आज बजेट गर्दैछ । बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको स्रोतले जनाएको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।
प्रदेश सरकारका नीति तथा कार्यक्रमअनुसार नै बजेटको तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश २ ले नीति तथा कार्यक्रममा अधिकांश विगतकै योजनाहरुलाई निरन्तरता दिएको छ भने त्यसमध्ये बेटी बचाउ बेटी पढाउ कार्यक्रमको प्रशंसा भएको छ ।
यसपटक सोही कार्यक्रमअन्तर्गत प्रदेश सरकारले कक्षा १ देखि कक्षा ८ सम्मका बालिकालाई मासिक पाँच सय रुपैयाँ दिने योजना ल्याउन लागेको हो ।
यसैगरी, प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्ने, नयाँ उद्योग कलकारखाना स्थापना गर्ने, युवा रोजगार लगायतका महत्वाकांक्षी योजनाहरु ल्याउन लागेको छ ।
तपाईको प्रतिक्रिया