३६ वर्षदेखि साङ्गमा बाँधिएका व्यक्तिको उद्धार

समाचार

1/11/2020

इटहरी, २५ पुस । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा बाँधिएर राखेका एक जना व्यक्तिको उद्धार गरेकी छन् ।

इटहरी २० का ५३ वर्षीय डिक वहादुर खडकाको उद्धार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपमहानगरका स्वास्थ्यकर्मीको टोलीसहित उपमेयर चढने गाढीमै राखेर उहाँलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो । धेरै बर्ष अघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनको भनाई छ ।

खडका मानसिक विरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले बताएका छन् । उनी २०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको परिवारजनले बताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए ।

आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाई छ । उपचारमा उनीसँगै धरान गएका उनका भाईले स्थानीय सरकार भगवान जस्तै वनेर आएको प्रतिक्रिया दिए ।

खडकाको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण सुरु गरेका छन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ