राकेश यादव, रौतहट, ११ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत औरैयामा संचालित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो ५४ औ वार्षिकोत्सव मनाएको छ । गत ६ महिना पहिला स्थापना भई बैंकिंग सेवा शुरू गरेका वाणिज्य बैंकको औरैया शाखाले स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएका हुन ।
कार्यक्रममा प्रमुख अतिथिका आसन्नबाट सम्वोधन गर्दै नगरपालिका प्रमुख संतोष मेहताले स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना हुनु नगरवासिको लागि खुसीको कुरो भएको बताएका छन । अन्य स्थानीय तहमा निजी बैंकहरुको शाखा स्थापना भएपनि ईशनाथ नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापनाले गौरवान्वित भएको बताए । मेयर मेहताले गाउँमा वित्तीय कारोबार गर्न सहज भएको जिकिर गरे ।
बैंकिंग कारोबार गर्न गौर पुग्नु पर्ने झंझटबाट स्थानियहरु मुक्ति पाएको उल्लेख गरे । औरैया शाखाका प्रमुख हरिनारायण अधिकारीले बैंकले ६ महिना गरेको उपलब्धिको जानकारी गराउँदै शाखावाट ० देखि ७ सय खाता जोड़न सफल भएको बताएका छन । १५० मोबाइल बैंकिंग सेवा सञ्चालन गर्नुको साथै १७० एटीएम कार्ड वितरण गरिएको शाखा प्रमुख अधिकारीले जनाए ।
सवैलाइ बैंकमा खाता खोल्नलाइ प्रमुखले आग्रह गरेका हुन । वार्षिकोत्सव समारोहमा राजनितिक दलका प्रतिनिधि , निर्वाचित वड़ा अध्यक्षहरु सहित स्थानीयहरु सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया