काठमाडौं, ३ भाद्र । आगामी मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा पाँच सय ५० मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ गरी ५० पदका लागि हुने निर्वाचनमा करीब पाँच लाख मतदाताले मतदान गर्नेछन् ।
१६ साउनमा १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको निर्वाचनका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरेको छ ।
निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए ।
तपाईको प्रतिक्रिया