५८ केजी चरेश र नगदसहित ५ जना पक्राउ

समाचार

11/17/2019

बर्दिया, १ मंसिर । गुलरिया नगरपालिका–७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम(पुर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका(१ का २७ वर्षीया जुनतारा पुन, रुकुम(पुर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका–८ का २९ वर्षीय खीम प्रसाद रोकामगर र रुकुम(पुर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ