मणि प्रसाद गैह्रे, कपिलवस्तु, २९ कार्तिक । कृष्णनगर नगरपालिकाको कुकुरभुकुवा बैगैचा नजिकबाट ५ वटा अबैध मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।
भारतीय नाकाबाट मोटरसाइकल नेपाल भित्राईएका थिए । प्रहरीले भारतको शान्ताक्रसका २५ बर्षे मोहोम्मद क्याफलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।
भारतीय नम्बर प्लेट रहेको २ वटा हिरो होन्डा, एक बुलेट, एक आपची र एक बजाज कम्पनीको मोटरसाईल बरामद गरिएको रावलले बताए ।
क्याफलाइए पक्राउ गरिए पछि अन्य ब्यक्ति भने फरार भएका थिए । उनीहरुको समेत खोजी कार्य भईरहेको रावलले बताए । पक्राउ गरिएको मोटरसाईलक भारतको बिभिन्न स्थानबाट चोरी गरी ल्याईएको प्रहरी श्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया