६७ वर्षको सपना पूरा हुने विश्वास

समाचार

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । गौर नगरपालिका वडा नम्बर ७ सिसवाका स्थानीयहरुको वर्षौ देखिको सपना पूरा हुने भएको छ । विकास प्रेमी शिक्षा प्रेमी गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा विकासको यात्रामा सँगैसँगै सहयात्रीको भूमिका निर्वाह गर्दै आइरहेका युवा, इन्मानदार एवं सकारात्मक सोच बोकेका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको प्रयासको कारण उक्त वडाका स्थानीयहरुको ६७ वर्ष को सपना पूरा हुने निश्चित भएका हुन् ।
गौरका शिक्षा ,स्वास्थ्य ,भौतिक पूर्वाधारको साथ साथै खेलकूद ,सामाजिक विकासको क्षेत्रमा अग्रसर भएका मेयर गुप्ता , प्रमुख प्रसाशकीय अधिकृत कार्कीको टोलीले उक्त वड़ामा संचालित सरस्वती निम्न माध्यमिक विद्यालयलाइ माध्यमिक तहमा स्तरउन्नती गर्नका लागि सोमवार स्थलगत निरिक्षण गरेका छन । २००८ सालमा सो विद्यालयको स्थापना भएको छ । प्राथमिक तह सञ्चालन गर्नका लागि स्थापना भएको सो विद्यालय २०६३ साल तीर निम्न माध्यमिक तह सञ्चालन गर्ने अनुमति पाएका थिए ।

अनुमति पाए देखि निम्न माध्यमिक तह सञ्चालन गर्दै आएका उक्त विद्यालयलाइ अव माध्यमिक तह सम्मको कक्षा सञ्चालन गर्ने अनुमति दिइने मेयर गुप्ता ले बताएका छन । ७ सय विद्यार्थी अध्यन गरिरहेका विद्यालयको लागि ४ कोठे नया भवन निर्माणको लागि बजेट स्वीकृत भइसकेको र चाडै निर्माण कार्य प्रारम्भ हुने मेयर गुप्ताले बताए ।
कार्य व्यस्तताको बाबजूद पनि स्थलगत विद्यालय निरिक्षण अनुगमन गर्न समय निकाल्ने मेयर गुप्ताले पहिलो प्राथमिकता शिक्षा सुधार रहेको जिकिर गरे । कक्षा कोठामा गएर शिक्षकहरुको कार्यको बारेमा विद्यार्थी हरुको अनुभव सुन्ने मेयर गुप्ताले नगरपालिकाको सवै भन्दा पछि परेको वड़ाको रुपमा सिसवा रहेको बताए ।


पिछडिएको वड़ालाइ विकासको स्तर उकास्नु पर्ने जरुरी रहेको भन्दै मेयर गुप्ताले अवको ध्यान विशेष रुपमा लगाउने दावी गरे । विद्यालयको स्थापना गर्न निशुल्क जग्गा दिने स्वर्गीय राजनारायण पाण्डेयका छोरा हरिशंकर पाण्डेयले मेयर गुप्ताको कारण बूबाको सपना साकार हुने भएको प्रतिक्रिया दिएका छन ।


स्थानीय निर्वाचनमा राजपा नेपालको तर्फबाट वड़ा अध्यक्षको प्रत्यासी समेत रहेका पाण्डेयले वुबा गा वि स अध्यक्ष हुदा २०२८ सालमा विद्यालयको लागि जग्गा दान गर्नु भएको बताएका छन । विद्यालय स्थापना भईसके पछि सोही गाउका रामदेव साहले १ कठ्ठा , राजिन्द्र पाण्डेयले १ कट्ठा जग्गा निशुल्क दिएको समेत नेता पाण्डेयले जानकारी गराए ।


विद्यालयका पुराणो ५ कोठे भवन जीर्ण रहेको छ । प्रयाप्त क्षेत्र फल नभए पनि विद्यालयमा अहिलेको भौतिकपूर्वाधार राम्रो रहेको छ । माध्यमिक तह भएपछि स्थानीय बालबालिकाहरुलाई शिक्षा हासिल गर्न सहज हुने गौर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कार्कीले बताए । बालबालिकाको शिक्षामा सहज पहुंचको सुनिश्चितता हुनु पर्ने धरना राखे ।
वड़ा अध्यक्ष मजहर खा ले माध्यमिक तह भई सके पछि स्थानीयहरु हर्षित हुने बताएका छ । उहाले मुस्लिम समुदायको बसोवास भएकोले विद्यालयको स्तरउन्नती आवश्यक रहेको उल्लेख गरे ।


धार्मिक शिक्षा प्रति विस्वास राख्ने मुस्लिम समुदायले माध्यमिक विद्यालय गाउमा भएपछि आ आफ्नो वालबालिकाहरुलाई अध्यनको लागि यस विद्यालयमा पठाउने तर्फ उन्मुख हुन सकने उहाको विश्वास रहेको छ । विद्यालयमा शिक्षकको कमी रहेको विद्यालयका प्राध्यानध्यापक नवल किशोर सिंहले बताए ।


शिक्षकको आभावले कक्षा सञ्चालन गर्न कठिनाई भैरहेकोले शिक्षकको व्यवस्था हुनु पर्ने जोड़ दिए । उहाले विद्यालयमा रहेको शिक्षकको समस्या समाधान गर्न मेयर गुप्तालाइ आग्रह समेत गरे । मेयर गुप्ताले छिटै शिक्षकको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ