कपिलवस्तु, २५ पुस । पुसको समयमा पानी परेपछि चिसो र ठण्डीले गर्भवती महिलाहरुलाई सताउन लगेपछि शुद्धोधन गाउँपालिकाले गर्भवती महिलाहरुलाई कम्बल वितरण गरेको छ ।
युनिसेफ नेपाल भैरहवा फिल्ड कार्यालयको सहयोगमा गाउँपालिकाले गाउँपालिका क्षेत्रका ६ वटै वडाका गर्भवती महिलाहरुको तथ्यांकको आधारमा कम्मल वितरण गरेको छ ।
सो अन्तर्गत वडा नं १ पतरिया र वडा नं २ नन्नदनगरमा गरी १ सय ९० कम्मल वितरण गरिसकेको गाउंपालिकाका अध्यक्ष निसार अहमद खाँले बताए ।
अन्य वडामा सोमबारसम्म कम्बल वितरण कार्य सम्पन्न गर्ने समेत खांले बताए । राजनैतिक आड र होचुवाको भरमा नभई स्वास्थ्य चौकीमा गर्भजाचं गराइ गर्भजाच गरेका गर्भवती महिलाहरुको लागी मात्र कम्मल वितरण गरिएको अध्यक्ष खांले बताए ।
सो अवसरमा वडा नं १ का अध्यक्ष तिलकराम यादवले चिसोको समयमा वास्तविक समस्याको आधारमा गर्भवती महिलाहरुका लागि कम्बल वितरण गरिएको हुंदा लक्षित समुदाय सम्म काम पुगेको बताए ।
तपाईको प्रतिक्रिया