७५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने पक्राउ

समाचार

4/16/2019

बारा, ३ बैशाख । निजगढ नगरपालिका– ३ बस्ने ७५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने जानकारी भए पश्चात ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ