काठमाडौं – यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ। लामो समयदेखि यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको माग गर्दै आएको महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयको स्वागत गरेको हो ।
महासंघद्वारा जरी विज्ञप्तिमा सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि माग गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रसँग सम्बन्धित संघ/सँस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णयको स्वागत गर्दछ भनिएको छ। खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने महाासंघको ठहर छ।
‘विगतमा सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको विरोध गर्दै त्यसको खारेजीका लागि अदालतको ढोका समेत ढक्ढक्याउनु परेको स्मरण गर्दै महासंघले ढुवानीमा समेत जवरजस्ती लागू गरिंदै आएको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्यको माग गरेको छ।
सरकारको निर्णयको बिरोधमा सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा सहयोग गर्न पनि सबै यातायात व्यवासायीसँग महासंघले आाग्रह गरेको छ।
तपाईको प्रतिक्रिया