जनकपुरधाम, २६ भाद्र । मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको ४४ वर्षको उमेरमा मंगलबार बिहान ८ः३० बजे निधन भएको छ ।
उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य पनि थिइन् । उनी यादव समानुपातिक सांसद थिइन् ।
पाठेघरको मुखको क्यान्सरबाट दुई वर्षदेखि पीडित यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियुमा उपचाररत थिइन् ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले उनको मंगलबार बिहान निधन भएको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया