देउती बज्यै विराट धनधान्य महायज्ञको सम्पुर्ण तयारी

समाचार

4/18/2018

सुर्खेत -  बैशाख ७ गतेदेखी शुरुहुने देउती बज्यै विराट धनधान्य महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

मुलआयोजक समितिले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर महायज्ञको तयारी पुरा भएको जनाएको छ।
देउती बज्यै परिसरलाई आगामी ५ वर्षभित्र व्यवस्थित बनाउने उदेश्यले महायज्ञको संचालन गर्न लागिएको मुल आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिनुभयो।

उहाँले पुराना सम्पदाहरु व्यवस्थित गर्दै, नयाँ सोचतका साथ मन्दिरहरुको पुनर्णनिर्माण गर्न थालिएको जानकारीदिनु भयो।

गुरुयोजनामा मन्दिर भित्र स्नान गृह, आश्रम, बगेंचा,सफा शौचालय, कुण्ड, विश्रामस्थल,पानी र मन्दिरहरु निर्माण गरिने भएको छ।

मन्दिर व्यवस्थापनको लागी करिब ५ लाख ३३ हजार रकम संकलन भएको छ भने विभिन्न व्यक्तिहरुले ८ लाख ८ हजार रकम प्रदान गर्ने प्रतिबद्घता समेत जनाएका छन।


महायज्ञ संचालनको लागी झन्डै १२ लाख लागत लाग्ने अनुमान गरिएको संयोजक गिरीले बताउनुभयो।
गुरुयोजना अनुसार निर्माण हुने देउतीबज्यै मन्दीरको सम्पुर्ण पुर्वाधार निर्माणको लागत ५ करोड लाग्ने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ